उर्जा मन्त्रालयकी सरिता दवाडीलाई सचिवमा बढुवा

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत सह–सचिव सरिता दवाडीको सचिव पदमा बढुवा भएको छ ।

सिंहदरबारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले दवाडीलाई शिक्षा सचिव बनाउने निर्णय पनि गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

Published : Wednesday, 2023 November 29, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया