वाणगंगामा बसको ठक्करबाट १८ वर्षीया श्रृष्टिको मृत्यु

चन्द्रौटा । कपिलवस्तु जिल्लामा बसको ठक्करबाट साइकलयात्री १८ वर्षीया श्रृष्टि बिसीको मृत्यु भएको छ ।

वाणगंगा नगरपालिका–१ बुङचीस्थित सडकमा ना.८ ख ८७६५ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–८ बस्ने श्रृष्टिको मंगलबार बिहान मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठक्करबाट गम्भीर घाइते भएकी श्रृष्टिको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठककरबाट घाइते भएकी साइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 November 28, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया