सभापति देउवाद्वारा कांग्रेसका तीन भ्रातृ संस्थामा अध्यक्षहरू नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरेर कांग्रेसले तीन वटा भ्रातृ संस्थाका अध्यक्षहरू मनोनयन गरिएको जनाएको छ ।

समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले अध्यक्ष नियुक्त गरेका हुन् ।

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ र कपिलवस्तुका मेघराज टण्डनलाई नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीन वटै भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।

Published : Tuesday, 2023 November 28, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया