लुम्बिनी कांग्रेसको सम्मेलन सभापति देउवाले उद्घाटन गर्ने

बुटवल । नेपाली कांग्रेस लुम्बिनीले मंसिर १६ र १७ गते बुटवलमा पहिलो सम्मेलन गर्न लागेको जनाएको छ ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर सभापति अमरसिंह पुनले सम्मेलनमा प्रदेश कार्यसमितिको अधिकारका विषयमा छलफल हुने बताएका छन् । उनले कांग्रेसको नीति अधिवेशनमा पेश हुने एजेण्डामा पनि छलफल हुने बताएका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्मेलन हुनेछ । सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

मंसिर १६ गते उद्घाटनसत्र हुनेछ । मंसर १७ गते बन्दसत्र आयोजना गर्ने कार्यतालिका रहेको छ ।

सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुनेछन् । पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुनेछ ।

सम्मेलनका लागि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन लेखनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ ।

तयारीका लागि प्रचारप्रसार समिति, अतिथि सत्कार समिति लगायतका उपसमिति गठन गरिएको छ ।

उपसमितिले तयार पारेका प्रतिवेदनहरूलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले अन्तिम रुप दिनेछ ।

Published : Tuesday, 2023 November 28, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया