कोषका उपाध्यक्ष डा.लामा आईबीसीको शक्तिशाली अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामा अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आईबीसी)को अध्यक्ष पदमा चयन भएका छन् ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था आईबीसीको शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै अध्यक्ष पदमा निर्वाचित गरिएको छ । सम्मेलन भारतको नयाँ दिल्लीमा मंसिर ११ देखि शुरु भएको थियो ।
डा.लामा आईबीसी स्थापनाकालदेखि सदस्यमा निर्वाचित भइ काम गर्दै आएका छन् । सन् २०११ देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर डा.लामाले काम गरेका छन् ।
सन् २०१७ को दोस्रो महाधिवेशनबाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुन: निर्वाचित भएर सचिवमा निर्वाचित भएका डा.लामा आईबीसीको स्थायी कार्यकारी समितिमा निर्वाचित हुँदै अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
भारत सरकारको मातहतमा रहेको आईबीसीले सय करोडभन्दा धेरै बुद्धिष्टहरूलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ ।
बुद्धिष्टसंग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरूको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरूको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ ।
बुद्धदर्शनको विकासका साथै संसारभरि छरिएररहेका बुद्धधर्म अवलम्बीहरूमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन आईबीसीले विशेष भूमिका खेल्नेछ ।
युगौदेखि विभिन्न खाले उत्पीडन र अत्याचार व्यहोर्दै आएका बुद्धिष्टहरूलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत आईबीसीले राखेको छ ।
नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरूको छाता संगठन जसले विश्वभरिका बौद्धमार्गीहरूको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ ।
हाल ३९ देशहरूमा ३२० भन्दा बढी संगठनहरू आईबीसीको रहेको छ ।
पत्रकारहरूसँग कुरा गर्दै डा.लामाले आफू आईबीसीको अध्यक्ष पदमा निर्वाचित भएपछि बुद्धको जन्मस्थल पवित्र भूमि नेपालको सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।
लामो समयदेखि बुद्ध दर्शनको खोज अनुसन्धान र अभ्यास गर्दै आएका उपाध्यक्ष डा.लामा सोमबार स्थायी कार्यकारी समिति हुँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
कोषका उपाध्यक्ष डा.लामा बौद्धधर्मको विकास र सम्बर्द्धनमा अतुलनीय योगदान पुर्याएका व्यक्ति हुन् । बुद्ध दर्शनमा लेख एवम् प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरूमा पुर्याएका छन् ।
आईबीसीको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै विभिन्न संघ संस्थाले डा.लामालाई बधाई एवम् शुभकामना दिएका छन् ।
डा.लामा अध्यक्षमा निर्वाचित भएसँगै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकरण हुन थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया