पाल्पाका पोखरेल काठमाडौंमा पक्राउ

काठमाडौं । कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय चक्र पोखरेललाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने पाल्पाको रब्दीकोट नगरपालिका–४ घर भएका ३३ वर्षीय पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपियाँ ठगी गरेको आरोप छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Published : Monday, 2023 November 27, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया