सामाजिक सुरक्षा भत्तामा राज्यको क्षमताभन्दा धेरै रकम खर्च : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको बताए । उनले सडक, यातायात, खानेपानी आदि पूर्वाधार क्षेत्रमा बजेट विनियोजन हुँदा पनि यो वा त्यो रुपमा महिलाको सहजीकरणका पक्षलाई ध्यान दिइएको बताए ।

अधिकारको रक्षा र कार्यान्वयनका लागि लोकतान्त्रिक व्यवस्था हुन अत्यावश्यक भएको डा.महतले बताए ।

उनले समाजमा कमजोर वर्गमाथि बलियो समूहले भौतिक, मानसिक र आर्थिक हिंसा गर्ने गलत प्रचलन रहेकामा विद्यमान कानुन र संरचनाका माध्यमबाट त्यसलाई निराकरण गर्नुपर्ने बताएका छन् ।

महिलालाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने भन्दै उनले शारीरिक कमजोरीको फाइदा उठाउने हिंसा रोक्न कानूनी आवश्यक रहेको बताएका छन् ।

Published : Monday, 2023 November 27, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया