मेडिकल शिक्षा ध्वस्त पार्ने माफियाका ‘नाइके’ डा.केसीको कर्तुतपूर्ण अभिव्यक्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा (मेडिकल) शिक्षा तहस नहस बनाउने अभियानका नाइके डा.गोविन्द केसीको कर्तुतहरूको पर्दाफास गरेपछि उथलपुथल आएको छ ।

मेडिकल माफियाहरूको नेतृत्व गरेर डा.केसीले मेडिकल शिक्षा ध्वस्त बनाउन भूमिका खेलेको आरोप मन्त्री बस्नेतले लगाएपछि डा.केसी आत्तिएका छन् । डा.केसीका कारण मेडिकल कलेजहरूले सम्बन्धन पाएनन् । त्यसका कारण अहिले मुलुकमा चिकित्सक र नर्सहरूको अभाव भइरहेको छ । चिकित्सा र नर्स अध्ययनका लागि विद्यार्थी लाखौ रुपियाँ खर्च गरेर विदेश गइरहेका छन् ।

आत्तिएका डा.केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतको आरोपलाई चिर्न सकेका छैनन् । बरु मन्त्रीको राजीनामा माग गरेर आइतबार विज्ञप्ति निकालेका छन् । कथित अभियन्ता डा.केसीले मन्त्री बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाहरूलाई तनाब भएको छ ।

शनिबार स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी ठीक भए पनि उनलाई गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए ।

डा.केसीको मेडिकल शिक्षा विरोधी अभियानमा लागेका डा.तोसिमा कार्की लगायतको समूह रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति गरिरहेका छन् ।

Published : Sunday, 2023 November 26, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया