कांग्रेस नेता लेखकलाई लखनउ विश्वविद्यालय विशिष्ट सम्मान

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक रमेश लेखकलाई भारतको प्रतिष्ठित विश्वविद्यालयले सम्मान गरेको छ ।

स्थापना दिवसको अवसरमा भारतको उत्तरप्रदेशस्थित लखनउ विश्वविद्यालयले नेता लेखकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिमा विशिष्ट योगदान दिएका विशिष्ट व्यक्तिको रुपमा सम्मानित गरेको हो ।

नोबेम्बर २५ मा विश्वविद्यालयले आफ्नो स्थापना दिवस मनाउने गर्ने गर्दछ । सोही अवसरमा कांग्रेसस नेता लेखकसहित १०३औं स्थापना दिवसको अवसरमा ७ जना पूर्व विद्यार्थीलाई विश्वविद्यालय सम्मान गरेको छ ।

विश्वविद्यालयले विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनका आफ्ना पूर्व विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।

लखनउ विश्वविद्यालयले भारत लगायत विदेशको शैक्षिक विकासमा समेत ठूलो योगदान गर्दै आएको भन्दै नेता लेखकले शैक्षिक विकासमा विश्वविद्यालयले महत्वपूर्ण योगदान दिएको बताए ।

‘केही समय अघि लखनउ विश्वविद्यालयका उप–कुलपति प्रा. आलोक कुमार र नेपालका त्रिभुवन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयका उप–कुलपतिबीच शैक्षिक विकासमा साझेदारी गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको अवस्था छ’, लेखकले भने ।

उनले भने, ‘नेपाली पक्षबाट भएका शैक्षिक विकासका समझदारी, साझेदारी लगायतका सम्झौताहरू कार्यान्वयनका लागि मेरो पहलकदमी हुनेछ ।’

आउँदो दिनमा समेत शैक्षिक विकासको लागि विश्वविद्यालयसँग थप सहकार्य साझेदारी गर्ने उनले बताएका छन् ।

नेता लेखकले सन् १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानूनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए ।

Published : Sunday, 2023 November 26, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया