एआईजी राईलाई जिम्मेवारी दिएर आईजीपी कुँवर अष्ट्रिय प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर ईन्टरपोलको ९१औं महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका छन् ।

आइतबार बिहान आईजीपी कुँवर अष्ट्रियातर्फ प्रस्थान गरेको हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ईन्टरपोल महासचिवालयको आयोजनामा अष्रिरौयाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुनेछ ।

महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

ईन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, ईन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेका छन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरेका छन् ।

ईन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुनेछ । महासभामा ईन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ ।

प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा ईन्टरपोलका सदस्यहरूका बीच शिष्टाचार भेटघाट तथा छलफल हुनेछ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

Published : Sunday, 2023 November 26, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया