दाङमा मोटरसाइकल दुर्घटना हुँदा भण्डारीको मृत्यु

घोराही । दाङ जिल्लामा मोटर साइकल दुर्घटनामा २४ वर्षीय विकाश भण्डारीको मृत्यु भएको छ ।

तुलसीपुर उप–महानगरपालिका–७ गैरापातुस्थित सडकमा रानीजरूवाबाट दमारगाउँतर्फ जाँदै गरेको सु.प.प्र०१–००९ प ६६५३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ कुन्तिखेत बस्ने भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Saturday, 2023 November 25, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया