गुलरियामा भरत चन्दकाे घरमा आगलागी, चार जनाकाे मृत्युु

नेपालगञ्ज । बर्दियामा भरत चन्दकाे घरमा आगलागी हुँदा ३ बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ११ बजे गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागी हुँदा चार जनाकाे मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा तीन बालबालिका पनि छन् । उनीहरू सबै एकै परिवारका हुन् ।

घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताएका छन् ।

गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको प्रहरी भनाइ छ ।

Published : Saturday, 2023 November 25, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया