सेनामा ३ हजारभन्दा धेरै पदमा दरखास्त आह्वान, साधारण लेखपढ र सीप भए पुग्ने

काठमाडौं । नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

शुक्रबार बिहान सेनाले सूचना प्रकाशित गरेर करीव ३ हजार ४ सय पदमा आवेदन माग गरेको छ । ती पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ ।

सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन् ।

ती पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिलाई पुस ७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।

यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ । सबै पदमा गरेर करिब ३ हजार ४ सयभन्दा बढी पदमा दरखास्त दिन भनिएको छ ।

आठ वटा पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्नेछ ।

सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफै उपस्थित भएर बुझाउन भनिएको छ ।

Published : Saturday, 2023 November 25, 1:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया