दाङबाट बेपत्ता भएका पूजा र सोनी दैलेखमा फेला, किशोरीहरूले घर किन छाडे ?

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दैलेखले दाङका दुई किशोरीहरूलाई अभिभावकको जिम्मा लगाएको छ ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. १ बस्ने वर्ष १४ की पूजा ढकाल र वर्ष १५ की सोनी बुढा मगरलाई अभिभावकको जिम्मा लगाएको विज्ञप्तिमा उल्लेख छ ।

पूजा र सोनीले कात्तिक ३० गते घर छाडेर हिँडेका थिए । उनीहरू सम्पर्क बिहीन भएपछि अभिभावकले मंसिर ५ गते ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङमा खोजतलास गरी पाउँ भनि निवेदन दिएका थिए ।

किशोरीहरूको खोजतलास गर्ने क्रममा दैलेखको नारायण नगरपालिका वडा नं. ८ स्थित किमु गाउँमा बस्दै आएको सूचनाको आधारमा मंसिर ८ गते सम्पर्कमा ल्याएको थियो ।

तुलसीपुर उप–महानगरपालिका वडा नं. १ बस्ने वर्ष ३० का झकबहादुर ढकाल (पूजा ढकालका अंकल नाता पर्ने) र वर्ष ३२ का विष्णु थापा (सोनी बुढा मगरको मामा नाता पर्ने)लाई जिम्मा लगाइएको छ ।

पूजा र सोनीले घर छाडेर हिँड्नुको कारणबारे प्रहरीले विज्ञप्तिमा केही उल्लेख गरेको छैन । उनीहरू किन दैलेख पुगेका हुन् सोबारेमा पनि भनिएको छैन ।

Published : Saturday, 2023 November 25, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया