दु:ख पाएका जनताको घर र टहराहरू कांग्रेसले बनाइदियो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा घर टहराहरू निर्माणको कार्य भइरहेको छ ।

नलगाड नगरपालिका वडा नम्बर ५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।

यो अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दीपकवावु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरू, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेका छन् ।

दु:खको यो बेलामा योगदान गर्ने पार्टीका सबै साथीहरूको नेपाली कांग्रेसले उच्च प्रशंशा गरेको जनाएको छ ।

यो अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न कांग्रेसले सबैलाई अपील गरेको छ ।

कांग्रेसले ‘जाजरकोट भूकम्प’बाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णयानुसार नेता पौडेलको टोली जाजरकोट पुगेको छ ।

Published : Thursday, 2023 November 23, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया