स्याङ्जाका सुवेदीलाई सीआईबीद्वारा काठमाडौंबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले काठमाडौंबाट करीव २ करोड ठगीको अभियोगमा ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको छ ।

सुवेदीले ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपियाँ ठगी गरेको सीआईबीले विज्ञप्तिमार्फत जनाएको छ ।

स्याङ्जा जिल्ला घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आए सुवेदी मर्स्याङ्दी ट्राभल्सका म्यानेजर हुन् ।

सुवेदीले कात्तिक १८ गतेदेखि मंसिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट काटेका थिए ।

सुवेदीले टिकट बराबर १ करोड ९९ लाख ८२ हजार ९८४ रुपियाँ यात्रीहरूबाट लिई जियोल्याण्ड ट्राभल्सलाई ठगी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2023 November 23, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया