पूर्वक्रिकेटर मार्लोनद्वारा म्याच फिक्सिङ गरेको ठहर

लण्डन । ईसीबीले वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई म्याच फिक्सिङ गरेको ठहर भएको छ ।

मार्लोनलाई ६ वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ ।

इमिरेट्स क्रिकेट बोर्ड (इसीबी)को इन्टि करप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले इसीबीको आग्रहमा यसअघि निलम्बन गरेको थियो ।

अहिले आइसीसीले उनलाई ६ वर्षका लागि सबै क्रिकेटबाट प्रतिबन्ध लगाएको छ ।

युएईको टी–१० लिगका दौरान उनले फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए ।

सन् २०१९ मा अबुधाबी भएको टी–१० उनी कर्नाटक टस्कर्समा थिए । उनी त्योबेला खेलेका थिएनन् ।

सन् २०२१ मा उनलाई लगाइएका चार अभियोगमा अहिले आइसीसीले दोषी ठहर गरेको छ ।

Published : Thursday, 2023 November 23, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया