युवा संघले पावर देखाउन खोजेपछि बल्खुमा दुर्गा प्रसाइँका समर्थकले ढुंगा हाने

काठमाडौं । एमालेको युवा संघले शक्ति प्रदर्शन गरेर पावर देखाउन खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाइँका समर्थकले काठमाडौंको बल्खु चोकमा ढुंगा प्रहार गरेका छन् ।

बिहीबार बल्खु चोकमा प्रसाइँका समर्थकले युवा संघका कार्यकर्तामाथि ढुंगा प्रहार गरेका हुन् । उनीहरूले मोटरसाइकल र सवारी साधनहरूमा पनि तोडफोड गरेका छन् ।

कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेका बेला युवा संघको र्‍याली बल्खुमा पुगेको थियो ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ । ढुंगा प्रहार भएपछि युवा संघका कार्यकर्ताहरू भागेका छन् ।

Published : Thursday, 2023 November 23, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया