पीएसओ खोसिएपछि अमरेशको नक्कली कर्तुत

काठमाडौं । ‘अक्टोपस’का नामले चर्चित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) खोसिएपछि बबाल मच्चाएका छन् ।

राज्यसत्तामा पहुँचकै आधारमा सुरक्षा थ्रेट भनेर सांसदका रुपमा अमरेशले पीएसओ लिएका थिए । उनले सुरक्षाकर्मीलाई घरायसी काममा समेत लगाउने गरेका थिए ।

एकातिर अमरेशले पीएसओ खोसिएपछि आफूमाथि आक्रमण भएको फण्डा शुरु गरेका छन् । अर्कोतिर नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहको परिवारमाथि तुच्छ टिप्पणी र प्रहार गरेका छन् ।

कांग्रेसको राजनीतिमा सुरेन्द्र सिंहसँग पराजित अमरेशले परिवारमाथि आक्रमण थालेका हुन् । जिल्ला सभापति सुरेन्द्र सिंहका कान्छा छोरा सुधिरकुमार सिंहले आफूलाई धम्क्याएको, हातपातको प्रयास गरेको, गाडी रोकेर भनेर अमरेशले फण्डा गरेका छन् ।

अमरेशले त्यसको प्रमाण भने केही पनि दिएका छैनन् । बरु चुनावको बेलाको तस्बिर राखेर भ्रम सिर्जनाको प्रयास गरेका छन् ।

स्वतन्त्र सांसद अमरेशले आक्रमणको फण्डा निकालेर एक तिरबाट दुई निशाना बनाएका छन् । एका तिर पीएसओ लिने र अर्कोतिर सिंह परिवारलाई बदनाम गराउने योजना अमरेशको छ ।

यो हर्कतको कांग्रेस सर्लाही जिल्ला कार्यसमिति सदस्य विकाशकुमार ठाकुरले भण्डाफोर गरेका छन् । अमरेशले फेसबुकमा राखेको तस्बिर चुनावको बेलाको भएको र त्यो तस्बिरमा रहेको गाडीभित्र अमरेश नै रहेको ठाकुरले उल्लेख गरेका छन् ।

बाबुसँग नसकेपछि छोरालाई बदनाम गर्ने प्रयासमा अमरेश लागेको ठाकुरले बताएका छन् ।

यसअघि सर्लाही जिल्लामा आउँदा वा जाँदा प्रहरीको अगुवा पछुवा दुरुपयोग गर्दै आएका अमरेशलाई यसपटक प्रशासनले त्यो सुविधा दिएको छैन ।

यो फण्डा गरेको र आफूलाई असुरक्षा भयो भनेर राज्यको सुरक्षाकर्मी प्रयोग गरेर गाउँमा प्रभाव देखाउने प्रयासमा अमरेश लागेका छन् ।

फण्डा गरेर सधैँ चर्चामा आइरहने अमरेशको हर्कतलाई स्थानीय प्रशासनले पनि राम्रोसँग बुझेको छ ।

प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नियम विपरित नेताहरू र अन्य व्यक्तिले राखेका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि नेपाल प्रहरीको हेडक्वाटरले पीएसओहरू खोसिदिएको थियो ।

Published : Thursday, 2023 November 23, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया