शाहरूख, आलिया, तमन्ना चर्चित स्टार, दशको सूची सार्वजनिक

मुम्बई । अभिनेता शाहरूख खान सन् २०२३ का लागि भारतका सर्वाधिक चर्चित स्टार बनेका छन् ।

बुधबार आईएमडीबीले सार्वजनिक गरेको सूचीमा शाहरूख भारतका सर्वाधिक चर्चित स्टार सूचित भएका हुन् ।

शाहरूख खानका दुई ओटा फिल्म यो वर्ष ब्याक–टु–ब्याक ब्लकबष्टर बनेका छन् । दुवै फिल्मले बक्स अफिसमा कयौं रेकर्ड तोडेका छन् ।

शाहरूखको ‘पठान’ र ‘जवान’ले विश्वभर २२ अर्ब भारुभन्दा धेरै कमाएको छ । यो वर्ष उनको तेस्रो फिल्म ‘डंकी’ डिसेम्बरमा रिलिज हुँदै छ ।
आईएमडीबीको शीर्ष १० मा ‘जवान’मा शाहरुखका दुई को–स्टार पनि छन् । तमिल स्टार विजय सेतुपति शीर्ष १० औं स्थानमा छन् । नयन तारा पाँचौं स्थानमा छिन् ।

यो वर्ष सेतुपतिका लागि भ्याइ नभ्याइको वर्ष रह्यो । उनी ‘फर्जी’ र अन्य पाँच फिल्ममा देखिए । नयन तारा भने यो वर्ष ‘जवान’कै छायाँमा परिन् । ‘जवान’ले उनलाई बलिउडमा स्थापित गराउने आशा गरिएको भए पनि यो फिल्म नयन तारा र शाहरूखको फिल्म नभएर शाहरूख र दीपिकाको फिल्म बनेको छ ।

सूचीको दोस्रो स्थानमा आलिया भट्ट छिन् । यो वर्ष आलियाले हलिउड डेब्यू गरेकी थिइन् । उनको करियरको सबैभन्दा ठूलो हिट फिल्म ‘रकी और रानी’की प्रेम कहानी पनि यही वर्ष आएको थियो । तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । ‘पठान’मा सहायक भूमिका र ‘जवान’ एक्सटेन्डेड क्यामिओकै कारण सूचीमा उनले छलाङ मारिन् ।

जुब्ली, चार्लि चोपरा, खुफीया लगायतमा मुख्य भूमिकाबाट चर्चा पाएकी वमिका गाबी आईएमडीबीको चौथो स्थानमा रहिन् ।

छैंठौ स्थानमा अभिनेत्री तमन्ना भाटिया छिन् । तमिलको ब्लकबष्टर फिल्म ‘जेलर’ बाहेक पनि तमन्नाले तीन स्ट्रिमिङ प्रोजेक्टमा काम गरेकी थिइन् ।

‘जाने जान’बाट स्ट्रिमिङ डेब्यु गरेकी करिना सूचीको आठौँ स्थानमा छिन् । अक्षय कुमार भने नवौँ स्थानमा रहे । गएको वर्षको आईएमडीबीको सूचीमा धनुष शीर्ष स्थानमा थिए । आलिया दोस्रोमै थिइन् ।

२०२२ को सूचीमा दक्षिण भारतीय फिल्म उद्योगका स्टारहरूको वचश्र्व थियो । सूचीमा जुनियर एनटीआर, रामचरण, सामन्था रुथ प्रभु, अल्लु अर्जुन र यशको बोलवाला थियो ।

Published : Wednesday, 2023 November 22, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया