ओलीले सत्ताभन्दा बाहिर पुगेको पीडा पछिको बरबराहट सुनाए

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने माग गरेका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटी बैठकमा ओलीले मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताए ।

उनले सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको बताएका छन् । एमालेलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको बताएका छन् ।

उनले देश अफअप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरू सल्बलाएको बताएका छन् ।

देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने उनले बताएका छन् ।

एमालेका अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताएका छन् ।

उनले पछिल्लो यो अढाई वर्षको बिचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको बताएका छन् ।

वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले वामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Published : Wednesday, 2023 November 22, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया