बुद्ध एयरको जहाज दाङबाट फर्कियो

काठमाडौं । बुद्ध एअरको एटीआर जहाज मौसमको खराबीका कारण अवतरण नगरी काठमाडौं फर्किएको छ ।

बुधबार बिहान पौने आठ बजे काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज काठमाडौं फर्किएको नेपालगञ्जका प्रमुख विनित शाहले बताएका छन् ।

मौसममा भएको खराबीका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर जहाज काठमाडौं फर्किएको छ ।

नेपालगञ्ज विमानस्थलमा हुस्सु लागेको थियो । सोही कारण जहाज अवतरण गर्न नसकेको हो ।

Published : Wednesday, 2023 November 22, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया