नेपाल प्रहरीका एसपी दाहाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाललाई प्रहरीले सवारी ज्यान मुद्दामा पक्राउ गरेर हिरासतमा राखेको छ ।

जिल्ला अदालत झापाबाट म्याद थप भएपछि एसपी दाहाल ११ दिनदेखि हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् । दाहाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत थिए ।

एसपी दाहाललाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । उनी ११ दिन अगाडि पक्राउ परेका हुन् ।

कात्तिक २४ गते राति करिब ९ बजे एसपी दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका– ६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया सामान्य घाइते भएका छन् ।

Published : Wednesday, 2023 November 22, 12:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया