दुर्गा प्रसाइँले हलचल ल्याइदिएका बेला दाहाल, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल, देउवा र ओलीबीच भेटवार्ता भएको हो । उनीहरूका बीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसदको आगामी अधिवेशनबाट पारित गर्ने सहमति भएको बुझिएको छ ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरूका बीच संक्रमणकालीन विधेयक पारित गर्ने समझदारी बनेको बताएका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट टुंगो लगाउनेमा समझदारी बनेको छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा विचाराधीन छ ।

तीन शीर्ष नेताहरूका बीच मेडिकल व्यवसायी दुर्गा प्रसाइँको मंसिर ७ गते हुन लागेको काठमाडौं केन्द्रित आन्दोलनका विषयमा पनि छलफल भएको छ ।

प्रसाइँको आन्दोलन अराजक हुन नदिन तीन शीर्ष नेताहरूका बीच सहमति बनेको बुझिएको छ ।

Published : Wednesday, 2023 November 22, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया