यी हुन् सर्वोच्च र उच्च अदालतका लागि सिफारिस भएका नयाँ न्यायाधीशहरू

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालत र उच्च अदालतका लागि १२ जनाको नाम न्यायाधीशमा सिफारिस गरेको छ ।

सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्याय परिषदको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

सिफारिसमा परेकाहरूमध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् । बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट हुन् । ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । उनी एमाले निकट कानून व्यावसायी हुन् ।

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।

यसैबीच, न्याय परिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषदले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

Published : Wednesday, 2023 November 22, 12:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया