राप्ती ३ कांग्रेसद्वारा कार्यालय स्थापना, रिक्त पदमा मनोनयन, क्रियाशील सदस्यता नवीकरण गर्ने

मसुरिया । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको वडा नं. ३ कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण समयसीमाभित्र गरेर पठाउने निर्णय गरेको छ ।

सोमबार बिहान वडा नं. ३ को कार्यालय बाघढड्डीमा बसेको कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरणको फारम भरेर शुल्क संकलन गरेर पठाउने निर्णय गरेको हो ।

बैठकमा सभापति श्रीधर खत्रीले व्यक्तिगत कार्यव्यस्तता देखाउँदै सचिव लुमबहादुर खत्रीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

दुई उपासभापतिहरुले पनि कार्यबाहक सभापतिको जिम्मेवारी बहन गर्न असमर्थता जनाएपछि बैठकले सचिव खत्रीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको छ । रित्त रहेको सचिव पदमा पार्वता भुसाल र सहसचिवमा मोतीराम भट्टराईलाई मनोनयन गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ मा ल्याण्डपुलिङको काममा कार्यबाहक सभपाति खत्रीलाई पठाउने निर्णय भएको छ ।

राप्ती गाउँपालिकाको वडा नं. ३ स्थित लोकबहादुर खत्रीको घरको एउटा कोठालाई पार्टी कार्यालय सञ्चालनका लागि वार्षिक १५ हजार दिने गरि भाडामा लिने निर्णय भएको कार्यबाहक सभापति खत्रीले बताएका छन् । कार्यालय सञ्चालनका लागि लुम्बिनी प्रदेशका स्वास्वथ्यमन्त्री समेत रहेका लुम्बिनी कांग्रेसका उपसभापति राजु खनालले आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन् ।

बैठकमा सहभागी नेपाल तरुण दलका केन्द्रीय सदस्य मीनबहादुर शाहीले कांग्रेसको संगठन गाउँ र टोलमा बलियो बनाउने अभियानमा आफ्नो सहयोग रहने बताएका छन् । उनले राप्ती ३ को कार्यसमितिले बोलाउने कार्यक्रममा निरन्तर सहभागिता जनाउने प्रतिवद्धता पनि जनाएका छन् ।

वडा कार्यसमितिको बैठक प्रत्येक महिनाको ६ गते बिहान सात बजे पार्टी कार्यालयमा बस्ने निर्णय पनि भएको छ ।

कार्यसमितिको बैठकमा नेपाल तरुण दलका केन्द्रीय सदस्य मीनबहादुर शाही, वडा कार्यसमितिका सभपाति श्रीधर खत्री, नेताहरु दुर्योधन पाण्डे, सीताराम गिरी, गौसरी घर्ती, हरि भुसाल, चन्द्रबहादुर केसी वडाध्यक्ष उमेश अधिकारी, चन्द्रबहादुर जिसी, लक्ष्मण आचार्य, पार्वती भुसाल, बसन्ता नेपाली लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2023 November 20, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया