मुख्यमन्त्री चौधरीद्वारा लुम्बिनीको सरकार विस्तारबारे कांग्रेस र माओवादीसँग परामर्श

मसुरिया । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तारका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले परामर्श गरेका छन् ।

सोमबार बिहान मुख्यमन्त्री चौधरीले तुलसीपुर, दाङको चखौरामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरुसँग मन्त्रिपरिषद विस्तारका विषयमा परामर्श गरेका हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले लुम्बिनीको मन्त्रिपरिषद विस्तार छिट्टै गर्ने सहमति भएको बताए । तिमिल्सिनाले भने, ‘मुख्यमन्त्री डिल्लीबहादुर चौधरीज्यूले मन्त्रिपरिषदलाई विस्तार गर्ने विषयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग परामर्श गर्नुभएको छ । छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।’

मुख्यमन्त्री चौधरीसँगको छलफलमा माओवादी केन्द्रका नेता वर्षमान पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, माओवादी केन्द्रको संसदीय दलका नेता जोखबहादुर महराको उपस्थिति रहेको थियो ।

Published : Monday, 2023 November 20, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया