पुष्प किसानहरुलाई उचित सहयोग गर्न पहल गर्नेछु : सभापति डा.राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले पुष्पखेती गर्ने किसानहरुलाई मूल्य, बजार र यातायातको सुविधाका लागि आवश्यक पहल गर्ने बताएकी छिन् ।

सभापति डा.राणाले तिहारका बेला स्वदेशमा फूलका राम्रो उत्पादन भएको भन्दै खुसी व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यसवर्ष नेपालमा किसानहरुले गर्नुभएको व्यवसायीक पुष्पखेतीले गर्दा दीपावलीमा नेपालमै उत्पादन भएको फुलको प्रयोग भएको छ, जुन एकदमै सकारात्मक पक्ष हो ।’

डा.राणाले भनिन्, ‘पहिले थोरै जमीनमा मात्रै पुष्प खेती गर्ने किसानहरुले अहिले व्यवसायिक पुष्पखेति सुरु गर्न थालेका छन् ।’

‘तर कहिँ किसानहरुले उचित मूल्य पाउन नसकेको, कहिँ बजारसम्म पुर्‍याउन यातायातको व्यवस्था नभएको र केहि ठाउँमा देशबाहिरबाट वैध तथा अवैध रूपमा ठूलो परिणाममा फूल आयात भएको गुनासो आएको छ’, डा.राणाले भनिन् ।

‘यी सम्पूणर् कुरालाई मध्यनजर गरी आउँदा वर्षमा यसको उचित व्यवस्थानका लागि म सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै पुष्पव्यवसायलाई थप आत्मनिर्भर बनाउन हाम्रो कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पनि यो महत्वपूर्ण विषय उठान गरी सबैको सल्लाह बमोजिम आवश्यक निणर्य लिने प्रतिवद्धता व्यक्त गर्दछु’, सभापति डा.राणाको भनाइ छ ।

Published : Sunday, 2023 November 19, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया