राइस मिलमा जुवातास खेल्दै गरेका आठ जना पक्राउ

काठमाडौं । कञ्चनपुर जिल्लामा राइस मिलमा जुवातास खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित चन्द्रदेव राइस मिलमा जुवातास खेल्दै गरेका ८ जना शुक्रबार राति पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मिलका संचालक पारस भट्ट समेत ८ जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट नगद २ लाख ८ हजार ४ सय २६ रूपियाँ र तास बरामद भएको छ ।
Published : Saturday, 2023 November 18, 7:59 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया