सभापति देउवाले दिए मुन्नालाई प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ‘मुन्ना’लाई सहकारी विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कँडेललाई विभागको प्रमुखमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्व गृहराज्यमन्त्री समेत रहेका कँडेल नवलपरासी जिल्ला निवासी हुन् । कांग्रेसको कार्यसमितिमा रहेर संगठनको का मगर्दै आएका कँडेल लोकप्रिय नेतामा पर्छन् ।

सभापति देउवालाई राजनीतिक रुपमा निकै सहयोग गर्दै आएका कँडेलको क्षमताअनुसार सहकारी विभागको प्रमुख बनाइएको कांग्रेसभित्र चर्चा छ ।

Published : Saturday, 2023 November 18, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया