दुई जना मानिसहरू पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले दुई जनालाई नेपाली नक्कली रुपियाँसहित पक्राउ गरेको छ ।
कात्तिक २४ गते राति दश बजे वीरगञ्ज महानगरपालिकाको वडा नं.८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटहरू दिएको सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नं.३ बस्ने वर्ष २५ को उमेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.३१ कोनिया बस्ने वर्ष २४ को ऋषिलाल पटेललाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नेपाली नक्कली नोट रू.१००० दरका ३८ थान रू.३८ हजार फेला परेको छ । नक्कली नोटहरू बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइ खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको छ ।
Published : Saturday, 2023 November 18, 6:53 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया