नर्थ भ्यू होटलमा प्रहरी छापा, ३४ जना मानिसहरु पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट ३४ जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपियाँसहित पक्राउ गरेको हो ।

सल्यानको कालीमाटी गाउँपालिका–२ झिगाने बस्ने नारायण वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटी बस्ने ४६ वर्षीय देबबहादुर बुढा मगर लगायत १३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३४ हजार रूपियाँ र तास २ गड्डी सहित पक्राउ गरेको हो ।

Published : Thursday, 2023 November 16, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया