हल्चोकमा आमा र छोराको जलेर मृत्यु

काठमाडौं । गोरखा जिल्लामा आगलागीमा जलेर आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धार्चे गाउँपालिका–१ हुल्चोक बस्ने ७५ वर्षीया कान्छी गुरूङ र उनकै छोरा ३९ वर्षीय चन्द्रसिहं गुरूङको आगलागीमा
जलेर शनिबार राति मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

कान्छी गुरूङको ढुङगा माटोको गारो एवम् जस्ताको छानो भएको एकतले घरमा आगलागी हुँदा घरमा सुतिरहेका दुवै जनाको जलेर मृत्यु भएको बताइएको छ ।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ । आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2023 November 13, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया