नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा प्रहरी छापा

काठमाडौं । प्रहरीले काठमाडौंबाट विभिन्न किसिमका पटाका बरामद गरेको जनाएको छ ।

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका आइतबार बिहान प्रहरीले बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगंजदेखि काठमाडौं आउँदै गरेको भे.१ ख.३८४७ र बुटबलदेखि काठमाडौं आउँदै गरेको लु.१ ख ३४३५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा नागिन पटाका सानो २ ब्याण्डेलमा २ सय पिस, चक्कर १४ पिस, मिसाईल लेखिएका बम पटाका २ प्याकेटमा ६ पिस बरामद भएको छ ।

प्रहरीले सुतली बम पटाका ९ पिस, सानो गमला ६ पिस, ठूलो गमला १ प्याकेटमा १० पिस, झिरझिरे ४२ पिस र ४ प्याकेट, मिसाईल लेखिएका सानो बम पटाका ३ पिस र २ प्याकेटमा २४ पिस फेला पारी बरामद गरेको हो ।

Published : Monday, 2023 November 13, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया