ओली ३ थान बन्दुकसहित बिजगौरी चोकबाट पक्राउ

चन्द्रौटा । कपिलवस्तु जिल्लामा प्रहरीले तीन थान भरूवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

शिवराज नगरपालिका–९ बिजगौरी चोक बस्ने ३२ वर्षीय नरबहादुर ओलीलाई ३ थान भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय सुन्दरडाँडाबाट खटिएको प्रहरीले नर बहादुरको गोठ तलासी गर्दा गोठबाट १ थान र गोठ नजिक उनकै बारीमा २ थान भरूवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारेको हो ।

Published : Monday, 2023 November 13, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया