ललितपुरको युनसान रेष्टुरेन्टमा प्रहरी छापा, मानिसहरु पक्राउ

काठमाडौं । ललितपुर र कालीकोट जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरूष गरी जम्मा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३ हजार ४ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

कालीकोटको खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डे समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय ४० रूपियाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो ।

Published : Monday, 2023 November 13, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया