प्यूठानमा विवाह गर्छु भनेर करणी, झापामा चियाबगानमा रमिता
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2023/10/Pyuthan-Police-DPO.jpg?resize=810%2C478)
काठमाडौं । प्यूठान जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माण्डवी गाउँपालिका–४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
दमाईले ती महिलालाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया