एआईजी ज्ञवालीको पक्षमा सर्वोच्चको आदेश, रिट निवेदन सधैँका लागि खारेज

काठमाठौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई विपक्षी बनाइ दायर भएको बेरितको आदेश बदर गरपाउँ भन्ने निवेदनलाई खारेज गरिदिएको छ ।

कात्तिक १७ गते शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र डा.नहकुल सुवेदीको संयक्त इजलासले एआईजी ज्ञवालीलाई विपक्षी बनाइको निवेदनलाई खारेज गरिदिएको हो ।

गुल्मी घर भए हाल काठमाडौंमा बस्दै आएका मदन भण्डारीले एआईजी ज्ञवालीको उमेरका विषयलाई लिएर सर्वोच्चमा रिट दायर गर्न गएका थिए । सर्वोच्चका रिजष्टारले माग दाबी नपुग्ने भनेर दरपीठ गरिदिएका थिए । त्यसपछि भण्डारीले सो रिट निवेदन दर्ता गरिपाउँ भनेर पुन: रिट दिएका थिए । एआईजी ज्ञवालीको उमेरसम्बन्धी सोही रिटलाई सर्वोच्चले सधैँका लागि खारेज गरेर अन्तिम किनारा लगाइदिएको छ ।

‘यसमा आफ्नो सरोकार नभएको विषयलाई सार्वजनिक सरोकारको विषय भनी पेस भएको रिट निवेदन स्पष्ट आधार, कारण र कानूनी व्यवस्थासमेत उल्लेख गरि उक्त रिट निवेदन दर्ता गर्न नमिल्ने भनी यस अदालतका राजिष्ट्रारबाट दारपीठ गर्ने गरि भएको मिति २०८०/०२/२४ को आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन । कानूनबोजिम गर्नु’, आदेशमा भनिएको छ ।

निवेदनको तर्फबाट वरिष्ठ अधिवक्ता भीमबहादुर गुरुङ, लेखनाथ भट्टराई, नारायणप्रसाद चौलागाइँ, केशवराज जोशी, प्रतिमा कँडेल र गणेशमान प्रधानले बहस गरेका थिए ।

Published : Friday, 2023 November 10, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया