भारतीय पूर्व सैनिकहरूद्वारा १५ लाखको औषधि र राहतका खाद्यान्न हस्तान्तरण

काठमाडौं । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरूले जाजरकोट भूकम्पपीडितहरूको लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

बिहीबार उनीहरूले घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने हेतुले करिव १० लाख बराबर आवश्यक औषधि जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतीक्षा भारतीलाई हस्तान्तरण गरेका छन् ।

भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका छन् ।

जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधि रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 November 10, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया