एपीएफ र एसएसबीको समन्वयात्मक बैठकमा आईजीपी अर्याल सहभागी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)वीच भएको सातौं नेपाल–भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।

बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा संचालन भएको थियो । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेतृत्व गरेका थिए । बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो ।

भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेका थिए । बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान बिभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ति अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमती भएको छ ।

दुबै सुरक्षा निकायबीच निरन्तर सहकार्य, समन्वय र आपसी हितका विषयमा समेत छलफल भएको थियो । यसअघि छैठौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।

Published : Friday, 2023 November 10, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया