घाइतेहरूको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि मन्त्री बस्नेतद्वारा विदेश भ्रमण रद्द

काठमाडौं । भूकम्प प्रभावितको उपचारमा केन्द्रित हुनुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले थाइल्याण्ड भ्रमण रद्द गरेका छन् ।

कात्तिक अन्तिम साता मन्त्री बस्नेतले सरकारी कार्यक्रमअनुसार थाइल्याण्डको भ्रमण गर्नुपर्ने थियो । उनी अब सो कार्यक्रममा जानेछैनन् ।

मन्त्री बस्नेतको निजी सचिवालयले भनेको छ, ‘जाजरकोट जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका जनताको उपचारमा केन्द्रित हुनुपर्ने भएका कारण स्वास्थ्यमन्त्रीज्यूले थाइल्याण्डको औचापरक कार्यक्रम रद्द गर्नुभएको छ ।’

स्वास्थ्यमन्त्री बस्नेतले भूकम्पमा परेर घाइते भएकाहरूको उपचारमा कुनै पनि कमी हुन नदिन आफै अनुगमन गर्नुका साथै दैनिक रुपमा रिर्पोटिङ गर्न निर्देशन दिएका छन् ।

मन्त्री बस्नेतले भूकम्पबाट जनधनको क्षति भएका जिल्लाहरूमा महामारी फैलिन सक्ने भन्दै मातहतलाई सर्तक र पूर्वतयारी गर्न पनि निर्देशन दिएका छन् ।

Published : Thursday, 2023 November 9, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया