हत्या आरोपमा हिरासतमा रहेका कृष्ण सेट्टीको मृत्यु

धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले थुनामा रहेका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको छ ।

बिहीबार सेट्टीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेट्टी प्रहरीको थुनामा रहेका थिए ।

सेट्टी धनगढी उप–महानगरपालिका वडा नं. १६ बेहडाबाबा निवासी हुन् । उनलाई प्रहरीले धनगढी उप–महानगरपालिका–१६ बेहडाबाबाकै ३८ वर्षीय लालबहादुर थापाको हत्या आरोपमा तीन दिनअघि पक्राउ गरेर थुनामा राखेको थियो ।

मृतकका दाइ गणेश सेट्टीले प्रहरीद्वारा बिहीबार बिहान १० बजे फोन गरेर बयान लिने क्रममा हर्ट अट्याक भएर भाइ कृष्ण सेट्टीको मृत्यु भएको जानकारी गराएको बताएका छन् ।

प्रहरीका अनुसार कृष्ण सेट्टीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

Published : Thursday, 2023 November 9, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया