नेविसंघद्वारा १६ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावितलाई १६ लाख रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
बिहीबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटको खलंगामा पत्रकार सम्मेलन गरेर राहत वितरण, उद्धार र पुन:स्थापनाका विषयमा सरकारको थप सक्रियता आवश्यक रहेको बताए । उनले भूकम्प प्रभावितसँगै सबै पक्षसँग समन्वय आवश्यक देखिएको बताएका छन् ।
भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी ३९८ विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको शेर्पाले बताएका छन् ।
तिहारपछि विद्यालय सञ्चालन हुने बेलासम्म विद्यालय सञ्चालनको वातावरण बनाउन शेर्पाले सरकारसँग आग्रह गरेका छन् ।
नेविसंघले भेरी नगरपालिका–३ स्थित हनुमान प्राथमिक विद्याय र नलगाड नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण पुनर्निर्माण गर्ने शेर्पाले घोषणा गरेका छन् ।
नेविसंघले अस्पतालमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराएको र २४ घण्टे रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । आइतबार साँझसम्म ६२ जनाले रक्तदान गरेका छन् ।
नेविसंघले घाइतेहरूको उपचारमा सहयोग गर्न डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको समूह परिचालन गरेको छ । यसबाहेक नेविसंघले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ७ लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया