अख्तियारले कागजपत्र कब्जा गरेपछि निरिह बने माहनिर्देशक, मन्त्री खुसी, प्रदीपका दिनगन्ती शुरू

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर कागजपत्र कब्जा गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको सातोपुत्लो उडेको छ ।

अख्तियारले पोखरा विमानस्थलमा हातहालेपछि महानिर्देशक अधिकारीको अनुहारको चमक उडेको छ । निकै तनाबमा रहेका अधिकारीले अख्तियारको फन्दाबाट बच्न निकै उपायहरू खोजी गरिरहेको प्राधिकरणका एक उच्च कर्मचारीले बताएका छन् ।

पोखरा विमानस्थल बनाउने क्रममा तत्कालीन समयमा अधिकारी नै आयोजना प्रमुख थिए । अधिकारीकै कारण पोखरा विमानस्थलको लागत बढेको थियो । गतिलो काम पनि भएको थिएन । त्यसको सजाय र दण्ड दिने तयारीमा अख्तियार लागेको छ ।

अख्तियारले हातहालेपछि मिलाइसके भनेर प्राधिकरणभित्र अधिकारीले बोल्ने गरेको एक कर्मचारीले बताएका छन् । तर, अख्तियारले यस पटक अधिकारीलाई छाड्नेवाला छैन । महानिर्देशक अधिकारी र अख्तियारका आयुक्त जयबहादुर चन्दसँग निकै राम्रो सम्बन्ध छ । चन्दले नै अधिकारीलाई च्यापेर अख्तियारमा बचाउँदै आएको चर्चा छ ।

महानिर्देशक अधिकारीले अख्तियारको कारबाहीबाट बच्न चिनजानका सबै नेताहरूसँग हारगुहार गर्दै आएको स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीले अख्तियारबाट बच्न अहिले सहयोग गर्नेलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा सहयोग गर्छु भनेर बोल्ने गरेको स्रोतले जनाएको छ ।

पोखरा विमानस्थलमा आफू चोखिएर विनेश मुनाकर्मीलाई फसाउने योजना महानिर्देशक अधिकारीले बनाइसकेका छन् ।

यसअघि पनि महानिर्देशक अधिकारी भ्रष्टाचार र घुस काण्डहरूमा बचेका छन् । अन्य कर्मचारीहरू फसेका छन् ।

प्राधिकरणको महानिर्देशक बन्नका लागि अधिकारीले ठूलो चलखेल गरेका थिए । त्यस बेला तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मोटो रकम बुझाएको आरोप लागेको थियो । आले र अधिकारी अहिले पनि निकै मिल्छन् । आलेले अधिकारीलाई बचाउन विभिन्न हर्कत र प्रयासहरू गरिरहेको चर्चा प्राधिकरणभित्र छ ।

पूर्वमन्त्री आलेको आचरण र रेकर्ड ट्रयाक गतिलो छैन । आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निकै खराब छविका साथ बाहिरिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई स्पष्टीकरण प्रकरणमा महानिर्देशक अधिकारीले निकै चिढ्याएका छन् । किराँती र अधिकारीका बीच पछिल्लो समय घनिष्ठ सम्बन्ध छ भनेर चर्चा हुने गरे पनि मन्त्री किराँतीले अधिकारीलाई रुचाउँदैनन् । अधिकारीले किराँतीको मन्त्री पद झण्डै खाइदिएका थिए ।

स्पष्टीकरण प्रकरण मिलाउन महानिर्देशक अधिकारीले ठूलो (आर्थिक) चलखेल गरेको आरोप छ । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहाललाई मोटो थैली बुझाएपछि कारबाही हुनबाट बचेको चर्चा पर्यटन मन्त्रालयभित्र छ ।

महानिर्देशक बन्न र स्पष्टीकरण प्रकरणबाट अधिकारीलाई बचाउन (लगानी) सहयोग गरेका ठेकेदार, हेलिकप्टर कम्पनी र एयरलाईन्सहरू पुन: अख्तियारले पोखरा विमानस्थलमा हातहालेपछि तनाबमा परेर चुपचाप बसेका छन् ।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि वाणिज्य विभागलाई उचालेर दु:ख दिएको भनेर पसलवालाहरू फायर भएका छन् ।

नेपाल वायुसेवा निगमको ग्राउन्ड हेन्डलिङ्ग खोसेर हिमालय एयरलाईन्सलाई दिन्छु भनेर हिमालयसँग टन्नै लाभ लिएर ग्राउन्ड हेन्डलिङ्ग नदिएपछि हिमालय एयरलाईन्स पनि आगो भएको छ ।

बुद्ध एयरलाईन्स र हेलिकप्टर कम्पनीहरू अधिकारीलाई सहयोग गरेर ठूलो गल्ती भयो भन्दै बालुवामा पानी हालेको अवस्थामा पुगेको भनेर चकित परेका छन् ।

भ्रष्टाचारविरुद्धको कारबाहीमा अख्तियारले कारबाही अगाडि बढाएपछि मन्त्री किराँती खुसी भएका छन् । यही बेला अधिकारीसँगको बदला लिने पक्षमा मन्त्री किराँती पनि पुगेका छन् ।

Published : Thursday, 2023 November 9, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया