सालिनीले गायक हनी सिंहलाई छाडिन्, १२ वर्षमै सम्बन्ध बिच्छेद

मुम्बई । घरेलु हिंसाको आरोप लागेका भारतीय गायक (र्‍यापर) हनी सिंहले पत्नीसँग सम्बन्ध विच्छेद गरेका छन् ।

श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन् । हनी सिंहले १२ वर्ष अगाडि सालिनीसँग विवाह गरेका थिए । उनीहरूले अदालतबाट सम्बन्ध विच्छेद गरेका छन् ।

साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो ।

सालिनीले हनी सिंह र उनको परिवारबाट पटक–पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन् ।

सालिनीले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेको बताउने गरेकी छिन् ।

हनी सिंह बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको आरोप सालिनीले लगाएकी थिइन् ।

‘ब्राउन रङ दे गीत’को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी थिइन् ।

सालिनीले हनी सिंहविरुद्ध १० करोड भारू क्षतिपूर्तिको माग गरेकी थिइन् । केही समयपछि दुवै पक्षबीच सहमति भएपछि सालिनीले मुद्दा फिर्ता लिएकी थिइन् ।

हनी र सालिनीले सन् २०११ मा विवाह गरेका थिए । सन् २०१४ मा आएर मात्र हनी सिंह वैवाहिक पुरुष हुन् भन्ने खुलासा भएको थियो ।

Published : Wednesday, 2023 November 8, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया