तिहारको मुखमा काठमाडौंमा पौने २७ लाखसहित पुष्प र अभिषेक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपियाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौंको जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 November 8, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया