घोराहीलाई एमालेले भ्रष्टाचारको अखडा बनायो, घुस्याहा ईन्जिनियरले रमिता देखाएपछि झण्डै दनक भेटे

घोराही । दाङ निर्माण व्यवसायी संघले घोराही उप–महानगरपालिका वडा नं. ८ ढिकपुरको स्कुलको छत ढलानको रकम माग गर्दा ईन्जिनियरले ५ प्रतिशत रकम घुस माग गरेको आरोप लगाएको छ ।

मंगलबार संघका महासचिव मीनबहादुर घर्तीले जिल्ला प्रहरी कार्यालय दाङमा जानकारी पत्र लेखेर काम गरेको रकमको भुक्तानी माग गर्दा घोराही उप–महानगरपालिकाका ईन्जिनियरले प्रत्येक बिलको ५ प्रतिशत रकम माग गरेको जनाएका छन् ।

भरत केसीले घुस माग गरेपछि सोही विषयमा विवाद हुँदा भनसुन भएको संघले जनाएको छ । ईन्जिनियर केसीले आरोप लगाए जस्तो निर्माण व्यवसायी महतराले कुटपिट नगरेको संघका महासचिव घर्तीले बताएका छन् ।

घोराही उप–महानगरपालिकाले निकालेको टेण्डर प्रकाश महतराको ओसिस कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो । ठेक्का नं. १० २०७९/०८० को काम २०८० सालको भदौ २४ गते सम्पन्न भएको थियो ।

मंगलबार बिहान साढे १० बजे काम सम्पन्न गरेको बिलअनुसारको भुक्तानी माग गर्दा ईन्जिनियर केसीले हरेक बिलमा ५ प्रतिशत रकम (घुस) माग गरेपछि विवाद भएको थियो ।

घोराही उप–महानगरपालिकामा एमालेले मेयर र उप–मेरमा जितेको छ । अधिकांश वडाहरू पनि एमालेले जितेको छ । घोराही उप–महानगरपालिकामा एमालेले भ्रष्टाचार र भ्रष्ट कर्मचारीहरूलाई संरक्षण गरेर राखेका कारण सेवाग्राहीले निकै दु:ख पाइरहेका छन् ।

घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र उप–मेयर हुमा डिसीले आफ्ना घुस्याहा कर्मचारीलाई ठाउँमा राख्न नसकेपछि सेवाग्राहीबाट दनक भेट्नु स्वभाविक भएको टिप्पणी भएका छन् ।

प्रहरीले निर्माण व्यवसायी महतरालाई पक्राउ गरेको छ । कारबाही गर्नुपर्ने भ्रष्ट ईन्जिनियरलाई हो । तर, ईन्जिनियर केसीलाई उन्मुक्ति दिएर महतरालाई पक्राउ गरेको छ ।

Published : Tuesday, 2023 November 7, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया