न्यायालय र न्यायाधीशमाथि यसरी हुन्छ मिडिया ट्रायलबाट थ्रेट, न्यायाधीश सपना प्रधानको बोल्ड खुलासा

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले मिडिया ट्रायलले न्यायालयलाई प्रभाव पार्ने कार्य हुने गरेको भन्दै मिडिया ट्रायलप्रति चिन्ता जनाएकी छिन् ।

मंगलबार काठमाडौंमा नेपाल ल सोसाइटीले आयोजना गरेको कार्यक्रममा न्यायाधीश मल्लले मिडिया ट्रायलबाट न्यायालय हैरान भएको बताइन् । उनले मिडिया ट्रायल न्यायाधीशहरूका लागि थ्रेटको रुपमा आएको बताइन् ।

उनले भनिन्, ‘सबैभन्दा मेजर च्यालेञ्ज मिडिया ट्रायल देखेको छु । मिडिया ट्रायल पनि ईण्डिपेण्ड ज्युरिसियलका लागि एउटा थ्रेटको रुपमा रहेको छ ।’

‘किन भने पहिला नै फैसला हुनुभन्दा अगाडि मुद्दा जुन दिन बिचाराधीन हुन्छ, अदालतले फैसला गर्छ त्यो दिनमा उसले आफ्नो फ्याक्ट छ कि ? नन् फ्याक्ट छ कि ? एउटा तथ्यमा आधारित छ कि ? भ्रमपूर्ण छ कि ?’, मल्लले प्रश्न गर्दै भनिन् ।

‘त्यो कुराहरू पत्रिकाको कभरेज बनाइदिने र जसले गर्दा उसको सोँच, उसको मूल्यमान्यताको आधारमा चाहिँ त्यो स्टोरीहरू छापिने जसले गर्दा न्यायाधीशहरू निर्णय गर्न डराउने, निर्णय गर्नबाट भाग्ने, निर्णय नै नहुने र निर्णय गर्‍यो भने पनि कहिले काहिँ त्यो डरमा रहने’, उनले भनिन्, ‘प्रभाव भनेको आर्थिक प्रभाव मात्रै ठूलो होइन । प्रभाव भनेको राजनीतिक प्रभाव मात्रै ठूलो होइन ।’

न्यायाधीश मल्लले भनिन्, ‘तीन लाख जनता न्यायको लागि आउछन्, हो । तीन करोड व्यक्तिहरूलाई तीन लाख जनताको अनुभव त सुन्ने मौकै हुँदैन । तीन करोड जनतालाई कसको अनुभव सुन्ने अवसर हुन्छ भन्दाखेरी सञ्चारको हुन्छ । फ्रिडम अफ एक्सप्रेशनको लागि एकदमै म भन्छु न्यायपालिका सधैँ गम्भीर छ । सधैँ क्रियाशील छ ।’

‘धेरै अदालतको अवहेलनाको मुद्दामा सञ्चारलाई कहिल्यै पनि एउटा अभिन्नमा कारबाही गरेको छैन । तर, सीमा सबैको छ’, उनले भनिन् ।

‘अदालतको सीमा पनि छ । सञ्चारको पनि सीमा छ’, मल्लले भनिन्, ‘फ्रिडम अफ एक्सप्रेशनको पनि लिमिटेशन छ । त्यो लिमिटेशन कुन कन्टेस्टमा हेर्नु पर्‍यो भने एक्सिस टू जस्टिससँग फेक ट्रायलसँग ।’

उनले भनिन्, ‘फेक ट्रायललाई असर गर्ने गरि यदि कुनै कामहरू हुन्छ भने त्यसले न्यायलाई पनि असर पार्छ ।’

अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, नेपालका लागि फिनल्याण्डकी राजदूत रीना–रीक्का हेइक्का, नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्य, नेपाल ल सोसाइटीका कार्यकारी निर्देशक तथा अधिवक्ता कृष्णमान प्रधान लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 November 7, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया