स्वास्थ्यमन्त्री बस्नेतले टाईट गरिदिएपछि तनाबमा परे बिचौलिया र कामचोर कर्मचारीहरू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा सुधारका कामहरू गरेपछि बिचौलिया, कामचोर कर्मचारी र दलालहरूलाई मन परेको छैन ।

वीर अस्पतालमा रहेको मेडिकल बोर्डको सिफारिसका भरमा नक्कली बिरामी बनेर काठमाडौं उपत्यकाभित्र बसेर बिचौलियाको काम गर्दै आएकाहरूलाई मन्त्री बस्नेतको कामले तनाब भएको छ । बस्नेतले बोर्डलाई बिरामीको सिफारिस नदिन निर्देशन दिएका छन् । सिफारिस नपाएपछि कामचोर कर्मचारीहरूलाई सबैभन्दा धेरै तनाब भएको छ ।

वीर अस्पताल, प्रसुति गृह, शहीद गंगालाल हृदयरोग केन्द्रलगायतका देशभरिका सरकारी अस्पतालहरूमा भएका बेथितिलाई मन्त्री बस्नेतले नियन्त्रण गरेर लयमा ल्याइदिएका छन् । राज्यलाई भार पर्ने गरेर बसेका करार, अस्थायी र ज्यालादारी फजुल कर्मचारीहरूलाई हटाइदिएका छन् ।

गरिब जनताको उपचारका लागि नि:शुल्क बेड, औषधि र उपचारको व्यवस्था गरिदिएका छन् । दलाल, बिचौलिया र तस्करहरूका कारण थला पारेको स्वास्थ्य बीमा बोर्डलाई लयमा ल्याउन बस्नेतले प्रयास गरिरहेका छन् ।

स्वास्थ्य सामग्री खरिद गरेर राज्यको रकम कुम्ल्याउँदै आएका बिचौलिया, दलाल र तस्करहरूलाई मन्त्री बस्नेतले नियन्त्रण गरिदिएका छन् । बस्नेतले बिचौलिया, दलाल र तस्करहरूलाई स्वास्थ्य मन्त्रालयमा प्रवेश निषेध गरिदिएका छन् । बस्नेतको सो कार्य बिचौलिया, दलाल र तस्करहरूलाई मन परेको छैन । मन्त्री पदको शपथ लिएकै दिन बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत देशभरिका सबै स्वास्थ्य संस्थाहरूमा रहेका स्वास्थ्य सामग्रीहरूको बिबरण माग गरेका थिए ।

बिग्रिएका र नबिग्रिएका स्वास्थ्य सामग्रीको तथ्याङ्क मागेर बस्नेतले बिग्रिएका स्वास्थ्य सामग्रीलाई मर्मत सम्भार गरेर चलाउन आदेश दिएका थिए । नयाँ स्वास्थ्य सामग्री खरिद गरेर कमिशन खान नपाएका बिचौलियाहरू कामचोर कर्मचारीहरूलाई प्रयोग गरेर स्वास्थ्यमन्त्री बस्नेतलाई तर्साउन खोजेका छन् । बस्नेतलाई बिचौलिया र कामचोर कर्मचारीले चिनेका छैनन् । अब चिन्नेछन् ।

बिचौलिया, दलाल र तस्करहरूले कामचोर कर्मचारीहरूसँग मिलेर स्वास्थ्य सामग्री खरिद गरेर कमाउदै आएको कर्तुत बन्द भएपछि ती बिचौलियाहरू मन्त्री बस्नेतविरुद्ध मिडियाबाजीमा लागेका छन् । बस्नेतलाई ती तस्कर, बिचौलिया र दलालको दवावले छुनेवाला छैन ।

Published : Tuesday, 2023 November 7, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया