इजरायलमा रहेका कांग्रेस समर्थकहरूद्वारा भूकम्प प्रभावितलाई २ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति इजरायलले भूकम्प प्रभावितहरूका लागि दुई लाख रुपियाँ प्रदान गर्ने जनाएको छ ।

मंगलबार समितिका प्रवक्ता राजेन्द्र उप्रेतीले विज्ञप्ति जारी गरेर जाजरकोट केन्द्र विन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि दुई लाख रुपियाँ नेपाल सरकारलाई उपलब्ध गराउने जनाएका छन् ।

समितिले भूकम्प प्रभावितहरूको सहयोगका लागि खुला मनले सहयोग गर्न अनुरोध गरेको छ ।

Published : Tuesday, 2023 November 7, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया